गैरआवासीय नेपाली सङ्घद्वारा नीति तथा कार्यक्रमको स्वागत



काठमाडौं । गैरआवासीय नेपाली सङ्घले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूले उठाउँदै आएका विषयहरू समावेश भएको भन्दै उत्साहित भएको जनाएको छ ।

सङ्घले बुधबार विज्ञप्तिमार्फत खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पुर्याउने सरकारको प्रतिबद्धताको स्वागत गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्षद्वय रविना थापा एवं डा बद्री केसीले विज्ञप्ति जारी गरी लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।

संसद्को चालु बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गरी गैरआवासीय नेपाली नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुरयाउन सङ्घले सरकार तथा सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

“हामीले हालै प्रधानमन्त्री कार्यालयमा सरकारको नीति तथा कार्यक्रममा समेट्न दिएको आठबुँदे सुझावमध्ये धेरै सुझावहरू समेटिएकामा हामी नेपाल सरकारप्रति आभार प्रकट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने तथा गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिएका छन् ।

यस्तै, सरकारले निर्वाचनसम्बन्धी एकीकृत कानुन तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सङ्घले नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास लिएको छ । अध्यक्षत्रयले नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसँग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैँ तत्पर रहेको पनि दोहोर्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय