एनआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी



काठमाडौं । प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ ।

बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि निर्वाचन कमिटीले तदर्थ समिति गठनको गृहकार्य सुरु गरेको जनाएको छ । वर्तमान कार्यसमितिले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली निर्वाचन कमिटीलाई उपलब्ध गराउन नसकेपछि एनआरएनएको निर्वाचन पटकपटक स्थगन हुँदै आएको छ ।

निर्वाचन कमिटी गठन गरिएको लामो समय बितिसक्दा पनि निर्वाचन गराउने वातावरण नबनेपछि एनआरएनएभित्रको विवाद समाधानका लागि तदर्थ समिति गठन गरी समस्याको समाधान खोज्न पर्नेमा जोड दिइएको छ । निर्वाचन कमिटीका एक सदस्यका अनुसार विवाद समाधानका लागि तत्काल एक स्वतन्त्र तदर्थ समिति गठन गर्ने तयारी भइरहेको हो ।

वर्तमान कार्यसमितिको थपिएको छ महिने अवधि पनि सकिन लागेकाले त्यसअगावै निर्वाचन कमिटीले तदर्थ समिति बनाउने र सो समितिले विशेष साधारणसभा बोलाएर अहिले देखिएको विवादित निर्वाचन प्रणालीलाई हटाउँदै सर्वपक्षीय र सरल तरिकाबाट विधान परिमार्जन गरी दिगो समाधान निकाल्न सहज हुने उनको भनाइ छ ।

समितिले बढीमा दुई वर्ष नभए एक वा छ महिनाभित्र विशेष साधारणसभा बोलाएर विधान संशोधन गर्दै एनआरएनएभित्रको विवाद समाधान गरेपछि अहिलेकै निर्वाचन कमिटीलाई पुनः सक्रिय गराएर निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कमिटीले कानूनविद्सँग सरसल्लाह गरिसकेको जनाइएको छ ।

निर्वाचन कमिटी गठन भएयता पटकपटक बैठक बसिसकेको भए पनि निर्वाचन प्रतिनिधिको नामावली नदिँदा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । एनआरएन एक सामाजिक संस्था भएकाले जर्वजस्ती निर्वाचनमा जानु उचित नहुने भएकाले विशेष साधारणसभा गरी त्यसले मौजुदा विधान संशोधन गरी निर्वाचनमा जाँदा सबैलाई समेट्न र विवाद पनि नआउने उनको भनाइ छ ।

एनआरएनमा विवाद समाधानका लागि भएको पटकपटकको प्रयास असफल भएपछि केही समयअघि अध्यक्ष कुमार पन्तले अर्को एक समिति गठन गरेको भएपनि त्यो समितिले अहिलेसम्म विवाद सुल्झाउन सकेको छैन ।

एनआरएनमा अहिलेको मुख्य विवाद निर्वाचन प्रणाली भएकाले निर्वाचन प्रणालीलाई सच्याएर सर्वमान्य बनाउन सकेमात्रै संस्थालाई एकढिक्का राख्न सकिने ती सदस्यको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे