जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।

शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बाँस्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केसी चयन भएका छन् ।

मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जीवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा कुमार कोइराला, सहकोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।

जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको सदस्यमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वेलाई छनोट गरिएको छ ।

कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामनासहित सङ्गठनात्मक धारणा राखेका थिए ।

यसैगरी जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डन । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण

एनआरएनएद्वारा सुदूरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा सात सदस्यीय समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन

नेपालमा डलर खाता खोल्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

लण्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता