एनआरएनएले एक सय वटा अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।

बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए ।

अध्यक्ष पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहँुदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिए । संघका उपाध्यक्ष डा बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताए ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरेका छन् । संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिए । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिए ।

बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र स्वास्थ्य जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली