राजदूत सुन्दासद्वारा बहराइनका जनतालाई नेपाल भ्रमण वर्षको निम्तो



काठमाडौं । बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरेका छन् ।

बहराइन सरकारका परराष्ट्र सचिव डा सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार, गैरआवासीय नेपाली सङ्घ बहराइन एवं बहराइनमा रहेका नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा प्रबुद्ध व्यक्तिको उपस्थिति रहेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

शुभकामना आदानप्रदानपश्चात् बहराइन अधिराज्यमा पहिलोपटक पञ्चे बाजा, मङ्गलधुनको प्रस्तुतिसँगै नेपाली मौलिकता झल्कने मारूनी नाच, थारू नाचलगायत अन्य प्रस्तुति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी

  काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन,

अमेरिकाको न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

वाशिङ्टन डिसी । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र

पोर्चुगलमा सुतेकै अवस्थामा निधन

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

लिस्बन । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी