काठमाडौं । नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरु र नागरिकलाई सजग रहन अपील गरेको छ ।
गत वर्षको असोज १२ मा भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पूर्वतयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश जारी गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरुलाई मार नपर्नेगरी काम गर्न आह्वान गरेका छन् ।
अपीलमा भनिएको छ, ‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं ।’


प्रतिक्रिया