प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा सबै अघि बढ्नको विकल्प छैनः ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् । बुधबार सामाजिक संजालमार्फत पोखरेलले समाजमा शान्ति, अमनचयन र सामाजिक वसद्भावका लागि सबैको पहल ÷ प्रयत्न आवश्यक रहेको बताएका हुन् ।

उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुक तथा आम जनतामा आह्वान गरेका छन् ।

उनले विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा सबै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्घान्जली व्यक्त गरेका छन् ।

उनले घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनमा भएको अस्वभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठूलो क्षति, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भत्र्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीमाथि कडा कानूनी कारवाही गरिनुपर्छ । साथै, भविष्यमा यस्ता दुःखद वघटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।’