रौतहटको ईशनाथ–७ मा कांग्रेस उम्मेदवार खलिक विजयी



 

काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले ६ सय २७ मत प्राप्त गरे भने उनकानिकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् । साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय

राज्य व्यवस्था समितिका सभापतिको प्रश्नः निजामती विधेयक यहाँ आएर किन रोकियो ?

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक

तिम्सिना फिलिपिन्सको गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र