सहकारी ठगीमा सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश पाएपछि व्यक्तिको नाम राखेनौंः रमेश लेखक



काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दलले माग गर्दै आएको सहकारीका विषयमा छानबिन समिति गठन भएपछि संसद्को जटिलता र अवरोध समाप्त भएको बताए ।

नेपाली कांग्रेसद्वारा सहकारी विषयमा संसदीय छानबिन समिति गठनमा सहमतिपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले समितिले लाखौँ नेपाली जनताले जम्मा गरेको बचतको सुरक्षा, रकम फिर्ता गर्ने सुनिश्चितता, अपचलनको छानबिन र सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश क्षेत्राधिकार पाएको स्पष्ट पारे ।

‘सबै राजनीतिक दलबीचकोे निष्कर्षबाट समिति गठन भएको छ । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सदस्य र अन्य राजनीतिक दलबाट भएको सहयोगका लागि हामी धन्यवाद ज्ञापन गर्छौं’, लेखकले भने ।

उनले मितिले बचतकर्ताको रकम सुरक्षामात्र नभई अपचलन भएको रकम छिटो फिर्ता गर्नेमा सिफारिस गर्ने बताए । उनले भने, ‘कुन सहकारीबाट कति रकम गएको छ, कानुन बमोजिम गएको हो कि गैरकानुनी ? यसमा संलग्न मानिसको समेत अध्ययन गर्ने र गएको रकम फिर्ता कसरी हुन्छ भन्ने कुराको सिफारीस गर्ने भयो । जो मानिस त्यहाँ पैसा पठाउन संलग्न छन् उनीहरूलाई कानुन बमोजिम कारवाही गर्न सिफारीस गर्नेछ । गृहमन्त्रीको संलग्नता देखिए उहाँलाई कारवाही हुन्छ । नामै नलेखेर पनि उठेको विषय सम्बोधन हुने भएपछि हामी सहमतिमा पुगेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी हुँदैन, एमाले सरकारमा भएको बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन

अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा

भक्तपुर ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक

एकीकृत समाजवादीका एक लाख पचास हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले देशभर एक लाख पचास

निर्वाचन प्रणाली अब बदल्नुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशका सदस्यको संख्या घटाउनुपर्ने