आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै गोरखापत्रलाई प्रतिस्पर्धी बनाइनुपर्छः संचारमन्त्री शर्मा



 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताएकी छन् ।

गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउनसके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको बताइन् । मन्त्री शर्माले भनिन्, “गोरखापत्रलाई उज्वल, प्रतिस्पर्धी र अगुवा पत्रिका बनाउन नयाँ ढङ्गले सोच्नुपर्छ ।”

उनले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताइन् । “विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ । नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पु¥याएको योगदान अविस्मरणीय रहेको छ”, उनले भनिन् ।

सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गर्दै उनले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा जोड दिइन् ।

सो अवसरमा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गरिन् । उक्त पुरस्कारको राशि  ५० हजार रहेको छ ।

कार्यक्रममा गोरखापत्र संस्थानका उत्कृष्ठ कर्मचारी राजेश चाम्लिङ राई, जुजुकाजी रञ्जित र सङ्गीता खड्का, उत्कृष्ट पत्रकार सरोज ढुङ्गेल, नायक पौडेल र मनोजरत्न शाही तथा २५ वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदलको

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा