अहिले नै होइन, सत्ता सहकार्यको माध्यमबाट वामपन्थी एकताको बाटोमा पुग्न सकिन्छः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरू एकताको बिन्दुमा पुग्न सकिने बताएका छन्। सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता सहकार्यको माध्यमबाट एकताको बाटोमा पुग्न सकिने बताएका हुन् ।

अहिले नै मिले किन फुटेको भन्ने प्रश्न उठ्ने भन्दै अध्यक्ष ओलीले सत्ता सहकार्यका माध्यमबाट एकताको विन्दुमा पुग्न सकिने बताए । उनले भने, ‘अहिले सहमति र सहकार्य गरेर जाऔं । फेरि अहिले नै मिल्न थाल्यौं भने किन फुटेको भन्ने प्रश्न उठ्छ । सहकार्यको माध्यमबाट निकट हुँदै एकताको बाटोमा पुग्न सक्छौं ।’

उनले कम्युनिस्ट जन्मिएपछि राणा शासन अन्त्य भएको र देशमा उथलपुथल भएर जनताले जित्दै आएको कुरा स्मरण गरे । उनले नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको बताए ।

उनले भने,‘कम्युनिष्टको जन्म भयो कि यहाँ राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फ्याँकिनेदेखि अनेक खालका उथलपुथल भइरहेका छन् । तर अन्तिममा जनताले जित्दै आएका छन् । गाउँतिर भन्छन् नि मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका