लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा


लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो ।

माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेपाली कांग्रेसका चौधरी ११ महिनाअघि मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन भत्किएसँगै प्रदेश सरकारहरू पनि फेरबदल भइरहेका हुन् ।