एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनः देवकोटा चयन



त्रिवेणी (रुकुमपश्चिम) । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः नन्दराम देवकोटा निर्वाचित भएका छन् । जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

उनको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिए ।

उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित भएका छन् । निर्वाचन अधिकृत हमालका अनुसार सहसचिवमा ब्युझ्ना पुन देवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ ।

समितिको सचिवमा कृष्णभक्त ओली छन् । सोमबार नवनिर्वाचित जिल्ला समितिको नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको छ ।

नवनिर्वाचित जिल्ला अध्यक्ष देवकोटाले सर्वसम्मत नेतृत्व चयन हुनु एमाले रुकुम पश्चिममा एक ढिक्का रहेको सन्देश गएको बताए । यसले पार्टीलाई थप सशक्त बन्न सहयोग पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम

शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्रक्क भएका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि

सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध