सरकारलाई सफल बनाउनुपर्छ : महासचिव पोखरेल



 

काठमाडौंँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । सोमबार ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताएका हुन् ।

उनले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको बताए । नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उनले पार्टीका जनवर्गीय सङ्गठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गरे ।  “देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,” उनले भने, “हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ ।”

बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए । बैठकमा पार्टीका सबै जनसङ्गठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान

ओली, देउवा र प्रचण्ड बालुवाटारमा छलफलमा

काठमाडौं । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको

सरकारका गलत क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत क्रियाकलापका कारण

शौचालयमा थुनिएको भनिएको घटनाप्रति के भन्छन् योगेश भट्टराई ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवबाट शुक्रबार फर्किने क्रममा आफूविरुद्ध