प्रधानमन्त्रीलाई विश्वासको मत दिन जसपाको ह्वीप
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवी जारी गरेको हो । प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।