एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल



 

बैतडी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा सोमबार एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ, जनप्रिय पार्टी बनाउनुपर्छ ।”

जनताको विश्वासको मत प्राप्त गर्न एमाले ‘मिसन–८४’ मा अघि बढेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालले बहुमत ल्याए मात्रै देशमा समृद्धि आउने बताए । “एमालेले बहुमत ल्याएर सुशासन ल्याउनुपर्छ । मिसन–८४ मा अहिलेदेखि लागौँ । नयाँ गठबन्धनले मिसन–८४ लाई सहयोग पुग्छ”, उनले भने ।

देशमा विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिँडेकाले असफल भएको बताए ।

उनले भने, “अघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भ्रष्टाचार बढ्यो, युवा पलायन भए, अर्थतन्त्र धराशायी भयो ।” नयाँ गठबन्धनमाथि जनताको ठूलो भरोसा रहेकाले कृषिको आधुनिकीकरण तथा व्यावसायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । युवालाई हरेक तहको नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै

राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रपाले निषेधित