बजेट समाजवाद विमुख : अध्यक्ष यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेट समाजवाद विमुख भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताएका हुन् ।

उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए । बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने उनले बताए ।

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनु पर्नेमा त्यस्तो हुन नसकेको बताए । अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीद्वारा सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छेन्दुमा चिनियाँ कम्युनिष्ट

अर्थ समितिको कार्यविधि स्वीकृत

काठमाडौँ । अर्थसमितिको कार्यविधि स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको शुक्रबारको

प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु भ्रमणमा

छेन्दु । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका