प्रतिनिधिसभाको बैठक एकघण्टाका लागि स्थगित



काठमाडौं । विपक्षी दलहरुको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने अभिव्यक्ति दिएको विरोधमा विपक्षी दलले विरोध गरेपछि बैठक एक घण्टाका लागि स्थगित भएको हो ।

बैठकको सुरुमा समय लिएर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका थिए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिबाट हालै प्रमाणीकरण गरिएको नागरिकता ऐन मधेसका तमाम नागरिकताविहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले ल्याएको भएको विरोध गरे । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक र आममार्फीका बारेमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन चल्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीद्वारा सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छेन्दुमा चिनियाँ कम्युनिष्ट

अर्थ समितिको कार्यविधि स्वीकृत

काठमाडौँ । अर्थसमितिको कार्यविधि स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको शुक्रबारको

प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु भ्रमणमा

छेन्दु । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका