मिनेन्द्र रिजाल पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयन


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले शुक्रबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।