राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर लैजानुपर्छः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आठ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए ।

उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रकासामु अनेकन चुनौतिहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक भएको बताए ।

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

कांग्रेस-एमाले आगामी चुनावसम्म सत्तामा रहे हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का

काम छैन, तर हामी काम गर्न चाहन्छौंः जिसस प्रमुख

काठमाडौँ। जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरूले आफूहरूले गर्ने काम नभएको गुनासो व्यक्त गरेका