सुशासन र विकास सरकारको प्राथमिकताः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको सोमबार विद्युतीय माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याए । “यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ”, उनले भने ।

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय

सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको

निजामती कर्मचारीलाई ५८ वर्षमा अवकास नदिन सुझाव

  काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष