मधेश प्रदेशमा माओवादीले दुई मन्त्रालय पाउने



जनकपुरधाम । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ । प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले सोमबार मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय भएको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए ।

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मङ्गलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको हो । यससँगै मधेस प्रदेश सरकारमा पहिलोपटक दुई महिला क्याबेनिट मन्त्री हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीलाई धमिलो बनाउने काम गर्ने छुट छैनः अध्यक्ष ओली

गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र

गृहमन्त्रीबारे कुनै निर्णय भएको छैन, पार्टीले गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने

मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा प्रधानमन्त्री, देउवा र नेपालबीच छलफल

काठमाडौं । सरकार विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका