सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकाबाट मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको पाटीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्दै मन्त्रीहरुलाई फिर्ता बोलाउने सर्वसम्मत निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानले सरकारलाई दिएको समर्थन भने यथावत रहेको बताए । उनले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गर्दै त्यसको दुरुपयोग नगरेको बताए ।

उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको दाबी गरे । उनले नेपाली संचारमाध्यमले एकलौटी आफूविरुद्ध लागेको भन्दै आक्रोश व्यक्त गरे ।

सत्ता साझेदार दलमा गृह मन्त्रालयसहित दुई मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लामिछानेले लिएका थिए । उनको पार्टीबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् ।

नागरिकतासम्बन्धी मुद्दाको फैसलामा लामिछाने दोषी ठहर गरेसँगै सर्वोच्चले सांसद पद र उपप्रधान तथा गृहमन्त्रीसहित पार्टी सभापति हुन नसक्ने फैसला सुनाएसँगै रास्वपा आन्तरिक संकटमा परेको थियो ।

लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै पार्टी सभापति नियुक्त भएपछि सत्ता साझेदार दलभित्र गृहमन्त्रालय पाउन लविङ गरेका थिए । तर त्यसमा प्रधानमन्त्री प्रचण्ड अनिच्छुक देखिएपछि रास्वपा सरकारबाट बाहिरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका