उपसभामुख राना पार्टीको जिम्मेवारीबाट अलग



काठमाडौं । उपसभामुख इन्दिरा रानाले पदमा रहुन्जेल आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

विज्ञप्ति जारी गरी रानाले उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी हुन् ।

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

  काठमाडौँ ।  आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष