चीनका पूर्वराष्ट्रपति जियाङको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई बिहीबार शोक सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले सन्देशमा पूर्वराष्ट्रपति जियाङको निधनले नेपालले एक सच्चा र प्रतिष्ठित मित्र गुमाएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको घनिष्ठ मित्रता र सहयोगलाई थप सुदृढ बनाउन सन् १९९६ मा पूर्व राष्ट्रपति जियाङको नेपालको औचापरिक भ्रमणको समेत स्मरण गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङलाई आफ्नो शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति जियाङ नेपालको परममित्र र शुभचिन्तक रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच लामो समयदेखिको सौहार्दता, मित्रता र सहयोगको सम्बन्धलाई सुमधुर बनाउन दिवंगत पूर्व राष्ट्रपति जियाङले पुर्याएको योगदानको पनि स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ

फागुन २८ अगावै गर्ने गरि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरियोस्ः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग

माओवादीलाई क्या मोज !

केशवप्रसाद भट्टराई । माओवादी नेताहरू एमालेलाई राष्ट्रपति नदिने खुला रूपमै भन्न लागे ।