राप्रपा केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए।

पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ।

उक्त समितिका सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ।

नवगठित समितिका अध्यक्ष डा लोहनीले जनअपेक्षानुसार मुलुकको विकास तथा समृद्धिका लागि लघु उद्यमशीलता, जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि अर्थतन्त्र गतिशील बनाउने नीतिलाई नै पार्टीको अर्थनीतिका रूपमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत