झापामा ६ लाख ६३ हजार मतदाता



झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।

पाँच सङ्घीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र एक सय ३४ मतदान केन्द्र छन् ।

यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार छ सय ५७, महिलातर्फ ६७ हजार चार सय २९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन् । यो क्षेत्रमा ४९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ६६ हजार ६१, महिलातर्फ ६५ हजार तीन सय ७१ गरी एक लाख ३१ हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ६७ मतदानस्थल र एक सय ५५ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

त्यसैगरी क्षेत्र नं ५ मा पुरुषतर्फ ७६ हजार ६७, महिला ७८ हजार २२० र अन्य दुई गरेर एक लाख ५४ हजार दुई सय ८९ रहेको र ६१ मतदानस्थल र एक सय ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ५४ हजार दुई सय ८९ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति