कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् ।

बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ । समितिमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ । समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै

राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रपाले निषेधित