कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी



नुवाकोट । नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् ।

सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको शनिबार परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ । सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली भूमिमा सडक विस्तारको काम रोक्न भारतलाई नेपालको आग्रह

काठमाडौं । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा

धर्मशाला देखेर म त ‘सक्ड’ पनि भएँ : पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्रेम आलेले पशुपति क्षेत्रभित्र रहेको पशुपति

‘टेको लगाएका भौतिक संरचना पुनःनिर्माण गर्न अनुरोध गरेका हौँ, तर जिम्मेवारी पाएनौँ’

काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आइतबार

कोरोना रोकथामका लागि तेरो, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवलाई