कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी



वालिङ । नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो ।

विजयी थापा संविधानसभा सदस्य हुन् भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन् । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित भएका छन् ।

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गरे । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाए भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान

ओली, देउवा र प्रचण्ड बालुवाटारमा छलफलमा

काठमाडौं । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको

सरकारका गलत क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत क्रियाकलापका कारण

शौचालयमा थुनिएको भनिएको घटनाप्रति के भन्छन् योगेश भट्टराई ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवबाट शुक्रबार फर्किने क्रममा आफूविरुद्ध