महामन्त्री खड्का महाधिवेशन प्रतिनिधिमा विजयी



कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरेका छन् । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए । डाँगीले ७१९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पङ्गाली ६८७ मत प्राप्त गरी विजयी भएका छन् ।
पाल्पाको दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । क्षेत्र नं १ को सभापतिमा झमनबहादुर राज मगर ४४९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेलले १३० मत प्राप्त गरे । क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुला सदस्यका लागि मतदान भएको थियो ।

अन्य पदाधिकारी भने निर्विरोध चयन भएका छन् । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन भएका छन् । त्यस्तै सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुला महिला सदस्यमा पार्वती न्यौपाने, खसआर्यतर्फ तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिंजाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन भएका छन् ।

खुलातर्फको तीन सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२, दलबहादुर थापा ३४२ र मधुसुदन पोखरेल ३१५ मतसहित निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ ज्ञानबहादुर गाहा ४८९, रमणबहादुर थापा ४४४, देवराज ढकाल ४२६, सन्तोषकुमार थापा ४२९, कृष्णप्रसाद अधिकारी ३७६, दानबहादुर पछाईँ ३६३, कल्प पौडेल ३२५, शालिकराम पाण्डे ३१३, लक्ष्मण भट्टराई ३०९, खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित भएका छन् । यस्तै महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी डिल्लीराज रेग्मीले २११, नवीन थापाले १४२, राम शाहले २२१, रामचन्द्र नेपालले १५४, लक्ष्मण बस्यालले ३००, विजयराज घिमिरेले २१३ र शङ्कर खनालले २८८ मत प्राप्त गरेका छन् । खुला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८, विष्णुमाया ढकाल ४४०, गङ्गा पङ्गेनी ३४६ र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२, तारा रसाइलीले २५३ मत प्राप्त गरे ।

खसआर्य खुलामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मत सहित निर्वाचित भएका छन् । कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुलामा सन्दीप राना ५१०, पूर्णकुमार सोती ४२१, विष्णुकुमार थापा ३९९, दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुलातर्फ तीन प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९, एकबहादुर सार्कीले ७९ र भीमबहादुर सुनारले २२ मत प्राप्त गरे । आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खसआर्य महिलामा विजयकुमारी भट्टराई, मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी ४६० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गरेका छन् । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गरेका छन् ।

रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती खुलातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर रानामगर ४८५, केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी भएका छन् । जिल्ला अधिवेशन यही मङ्सिर १० गते तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।