सर्वसम्मत पदाधिकारी चयन गर्न नेता कार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह



इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मतरूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए स्वच्छ प्रतिष्पर्धाबाट चयन गर्न अनुरोध गरे । उनले पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई सकभर सर्वसम्वत नभए लोकतान्त्रिक पद्दतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गरे ।

पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराए ।

उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफूू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा प्रदेश नं १ का प्रमुख पर्शुराम खापुुङग, पूूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, नेपाली कांग्रेस १ नम्बर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, पूूर्वराज्यमन्त्री तथा सङ्घीय संसद् सीताराम मेहता, सुुनसरीका प्रमुुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुुख सञ्जयसिंह थापालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनबारे कानुनविदहरुसँग छलफल गर्ने भएको

स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्य सरकारले उच्च प्राथमिकतामाः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको

कोभिडका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । केन्द्रीय

मन्त्री यादवलाई बर्खास्त गर्न नागरिक अगुवाको अपील

काठमाडौं । नागरिक अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त