महामन्त्री कोइराला र नेता सिंहबीच महाधिवेशनबारे छलफल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा शनिबार भएको भेटमा १४औँ महाधिवेशनका बारेमा छलफल भएको हो ।

महामन्त्री कोइराला र नेता सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताइएको छ । केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताएका थिए ।

महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए । महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनप्रति ओलीको टिप्पणीः ‘टाउकोमा खोपडी नभएकाहरु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको

एक महिनाभित्रमा महाभियोग प्रक्रिया टुंगोमा पुर्याउन एमालेको माग

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको लामो

रवी लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको

कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेलाई जनताले विश्वास नगर्ने ज्ञवालीको दाबी

नेपालगञ्ज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी