न्याय नपाए गोरखा र काशी होइन, हाम्रौ अदालत जानु भन्ने परिस्थिति बनोस् : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन् ।

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरेका हुन् ।

अध्यक्ष ओलीले भने, “लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न, अदालत निष्पक्ष, भरोसायोग्य, स्वतन्त्र र मर्यादित होस्, सेटिङमा नचलोस्, जनताको विश्वास जितोस् भन्नेमात्रै हाम्रो चाहना हो ।”

न्याय नपाए गोरखा र काशी होइन, हाम्रौ अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ होइन, व्याख्या गर्ने ठाउँ हो, संवैधानिक अदालतले व्याख्या मात्र गर्ने हो, हेरफेर गर्न र स्पष्ट लेखेका कुरालाई उल्लङ्घन गर्न सक्दैन ।”

राजनीतिमा संलग्न हुन नहुने, तटस्थ बस्नुपर्ने संस्थाका विषयमा सेटिङका विषय आउन हुन्थेन भन्दै उनले भने, “न्यायमूर्तिले राजनीतिक पूर्वाग्रहबाट होइन, हामीले आन्दोलन गरेर ल्याएका संस्था सुसंस्कृत र लोकतान्त्रिक हुनुपर्छ, लोकतन्त्र भनेको कानुनको राज हो ।”

पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाली राजनीतिमा सभ्य, शिष्ट र परिस्कृत राजनीतिक नेतृत्व रहेको परिवार दलले देश तथा जनताका हितका लागि काम गरोस् भनी शुभकामना दिए ।

उनले भने, “सबै धर्म र संस्कृतिलाई बराबरी स्थान दिँदै अघि बढेको परिवार दलले नेपाली जनतालाई सुख, दुःखमा साथ देओस्, आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाओस् ।” परिवार दल तेस्रो राष्ट्रिय महाधिवेशन तयारी समितिका अध्यक्ष एकनाथ ढकालले ‘सबैखाले विभेदको अन्त्य गरौँः सुसंस्कृत, समृद्ध र समावेशी नेपालको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ अधिवेशन गर्न लागेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)