कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने



कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

“नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ”, प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनबारे कानुनविदहरुसँग छलफल गर्ने भएको

स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्य सरकारले उच्च प्राथमिकतामाः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको

कोभिडका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । केन्द्रीय

मन्त्री यादवलाई बर्खास्त गर्न नागरिक अगुवाको अपील

काठमाडौं । नागरिक अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त