शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनकाबारेमा गहिरो विश्वास छः उपसभापति गच्छदार



विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको बताएका छन् ।     नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बुधबार विराटनगरमा आयोजित शुभकामना कार्यक्रममा उनले ‘वर्तमान संविधान सबै राजनीतिक शक्तिको सहमतिको दस्तावेज भएको बताए ।

सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टीकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिए पनि त्यसो नभएको चिन्ता व्यक्त गरे ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताबीच १६ बुँदे सहमतिलाई आत्मसात् गर्न कसैले पनि हिच्किचाउन नहुने भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिमलगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैलाई विश्वास गर्नुपर्ने बताए ।

उनले लामो राजनीतिक यात्रामा जहिले पनि देश, जनता र लोकतन्त्रको लागि लडेको चर्चा गर्दै स्वतन्त्रता प्राप्तिका लागि रगत पसिना बगाएका त्याग र बलिदान गर्ने साथी  उपेक्षित भएको भन्दै दुःख व्यक्त गरे ।

उनले आफूले रगत र पसिना बगाएर हुर्काएको पार्टी नेपाली कांग्रेसमै सङ्गठित भएर लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानमा फेरि पनि सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे । उनले आगामी महाधिवेशनले पार्टीमा देखिने गुटउपगुटलाई समाप्त पार्न विधानमा संशोधन हुनुपर्ने जिकिर गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउन भनेर नै आफ्ना तत्कालीन पार्टीका सबै साथी एवं कार्यकतालाई लिएर विधिवत् रुपमा नेपाली कांग्रेससँग एकीकरण गरेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातिदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबार हुने निर्वाचन प्रयोजनका लागि

निर्वाचन कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई कानुनविदको सुझाव

काठमाडौं । कानुनविद्ले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ

निर्वाचन आयोगले पठाएको पत्र संविधानको भावना विपरीत भएको राप्रपाको ठहर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत

गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिरः एमाले(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न