राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।

बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् । त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश हुँदा एमाले सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।