एमसीसीले जटिल परिस्थिति सृजनाः प्रवक्ता महरा



दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पत्रहरुसँगको भेटमा प्रवक्ता महराले   एमसिसिलाई लक्षित गर्दै अहिले मुलुकमा अर्को परिस्थित आएको बताएका हुन् ।

उनले अहिले पाँच दलको गठबन्धनबाट सरकार रहेपनि मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम भने हुन नसकेको टिप्पणी गरे । महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने पनि बताए । उनले भने,‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ । नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौं, सल्लाह सुझाव दिनुहोस्।’

महराले राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज अपराह्न ४

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै

पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

वाग्मती । वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा