नेपाली काँग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी



चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् ।

पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् । नेपाली काँग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् ।

जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ ।

अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ ।

श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो ।

पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए । जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ ।

निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ । जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा