कांग्रेस वडा अधिवेशनः म्याग्दीका ४५ मध्ये ४१ वडामा सर्वसम्मत



म्याग्दी । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्वाचित भएको जानकारी दिए ।

“क्रियाशील सदस्यता नवीकरण गरेकाको नामावली अन्नपूर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको छ”, उनले भने, “४० वडाको सबै विवरण आएको छ । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रीय समितिमा पहल गरेका छौँ ।”

सात वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जामा केआइसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जङ्गबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ती, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा एकाइ सभापतिमा चयन भएका काँग्रेसको पालिका सभापति प्रेम पुनले जानकारी दिए ।

प्रदेशसभा क्षेत्र (ख) म्याग्दीका उपसभापति मेक पुनका अनुसार मङ्गलाका पाँच वटा वडामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ । कुहुँमा रामबहादुर खत्री, बाबियाचौरमा श्रीभद्र शर्मा, बरंजाको ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र अर्मनमा तुलसीराम कँडेल सभापतिमा चयन भएका छन् ।

मालिकाको निस्कोटमा भबहादुर पुन, रुममा चन्द्रबहादुर पुन, डाँडागाउँमा हरिप्रकाश पुन, ओखरबोटमा तमबहादुर पुन, देविस्थानमा भकबहादुर घर्ती, दरबाङमा गोपाल गौतम र बीममा टुकमान गर्बुजा वडा सभापति चयन भएका छन् ।

वडा नं ८ मा रहेको रघुगङ्गा गाउँपालिकाको बेगमा सूर्य गर्बुजा, भगवतीमा राजकुमार भण्डारी, पिप्लेमा अशोककुमार शाही, दग्नाममा कृष्ण गर्बुजा र चिमखोलामा प्रदीप पाइजा वडा सभापति चयन भएका छन् ।

झिँ, पाखापानीमा र कुइनेमङ्गलेमा सहमतिमा नेतृत्व चयन गर्ने पहिलेको सहमति भए पनि विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले विवरण प्राप्त नभएको प्रवक्ता श्रेष्ठले बताए । अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा रेखिराम पुर्जा, दानामा सुरत केसी, नारच्याङमा समप्रसाद पुर्जा, शिखमा अर्जुन चोचाङ्गी, घारमा कृष्णप्रसाद बरुवाल र हिस्तानमा खुमबहादुर पुर्जा वडा सभापतिमा चयन भएका छन् ।

बेनी नगरपालिकाको रत्नेचौरमा कोमल थापा, ज्यामरुककोतमा यामबहादुर कार्की, भकिम्लीमा जसबहादुर पुन, सिङ्गामा सुमन बानियाँ, अर्थुङ्गेमा जीवन पौडेल, बेनी– ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा हिमबहादुर भण्डारी, घतानमा सुवर्ण खत्री र पात्लेखेतमा शिवबहादुर शाही सभापतिमा चयन भएका छन् ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले आन्तरिक एकतालाई बलियो बनाउन छलफल र सहमति गरेर वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेययकका विषयमा प्रचण्ड र देउवाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति