सत्ता गठबन्धनले प्रजातन्त्रलाई बन्धक बनाएको कमल थापाको आरोप



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको थापाको दाबी थियो ।

शुक्रबार मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि व्यापार भएकोमा चिन्ता प्रकट गरे ।

थापाले भने,‘स्वार्थी एवं भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरुको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई बन्धक बनाएको छ । गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदुषित गरेको छ । जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न तबसम्म प्रजातन्त्र जनताको हितकोलागि हुँदैन।’

इमानदार र विकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनीतिमा हावी भएको भन्दै थापाले देश राजनीति भ्रष्टीकरणतर्फ गइरहेकोमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी भएको बताए ।

भएका उद्योग धन्दा कौडीको मूल्यमा बेच्ने, युवालाई रगत पसिना बगाउन मरुभुमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरुले युवालाई निराश बनाएको आरोप लगाए।

कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारीले राप्रपामा अहिले कमल थापाको विकल्प नभएको भन्दै महाधिवेशन, संगठन र निर्वाचन केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा , दामोदर वाग्ले, शुक्र प्रजा, अर्जुन ढुङ्गाना, भृगु कार्की, कोइशोर मैनाली , अमृत पाठक, समेन्द्र लामा, लक्ष्मण सापकोटा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

कोशीमा नयाँ सरकार गठन गर्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौंः प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले वैकल्पि गठबन्धनकाबारेमा एमालेसँग कुनै ठोस