दार्चुला घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग



काठमाडौं । नेकपा एमालेले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गरे । धामीका सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा भारतीय सीमा सुरक्षा बल एसएसबीको उपस्थितिमा घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

आज एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् ।

नेकपा (एकीकृत समाजवादी) को ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको

रावलले दिए १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न गठित