स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्दैनः अध्यक्ष यादव



जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताएका छन् । पार्टीले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने बताएका हुन् । उनले लोभी पापीहरुको झुण्ड गएपछि बरु जसपा शुद्धिकरण भएको तर्क गरे ।

पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोडने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने भन्दै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको उल्लेख गरे ।

अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरुबाट जनताले हिसाव लिने बताए ।

संविधानमा रहेका सकारात्मक पक्षहरुको रक्षा गर्दै संविधान संशोधनमार्फत नाकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मूल कार्यभार रहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यसका निमित्त मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुश्लिम लगायतका शोषित वर्ग जसपाको झण्डामुनी गोलबद्ध हुने विश्वास व्यक्त गरे ।

जसपानै समाजवादको केन्द्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने ,‘ समाजवादी भनेर कसैले नाम , नीति वा एजेण्डा बोके पनि समाजवादको केन्द्र जसपा नै हो ।’

कार्यक्रममा वरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गरे ।

मुलुकमा समाजिक आर्थिक मात्र नभई कानूनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामुलक समाज निर्माणमा अग्रसर भएको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता