अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने राणाको चिन्ता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘ओली सरकारले चालिस प्रतिशतको सीमासहित दल विभाजनको विद्येयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले बीस प्रतिसतको नयाँ प्रवाधान राखेर विद्येयक ल्याएको छ । यस क्रमले देशमा अस्थिर आउने निश्चित छ,’ अध्यक्ष राणाले शुक्रबार भने ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै राणाले आलोचना गरे ।

‘गत चुनावपछि दुईवटा ठूला दल थिए । कम्युनिष्ट धारको दल तीन टुक्रामा चकनाचुर भएको छ । नेपाली कांग्रेस पनि अबको चार–पाँच महिनामा शासन संचालन गर्न नसक्ने दल भनेर प्रमाणित हुनेछ,’ उनले भने ।

‘यस अवस्थामा महाधिवेशनबाट खारिएको राप्रपा राजसंस्था र हिन्दुत्व लगायतको नारा बोकेर जनतामाझ स्थापित हुनेछ । देशको हितका लागि आन्दोलन गर्नेछ,’ राणाले पार्टी केन्द्रीय कार्यालय चावहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका सप्तरी जिल्लाका प्रभावशाली नेताहरु र स्वतन्त्र नागरिहरुले सो अवसरमा राप्रपामा प्रवेश गरेका थिए ।

२०५४ सालको स्थानीय निर्वाचनमा राजविराज नगरपलिकाको मेयर पदको प्रत्यासी, नेपाली कांग्रेसको महासमिति सदस्य उमेश प्रसाद साहको नेतृत्वमा ५७ जनाले राप्रपाको सदस्यता ग्रहण गरे ।

नवप्रवेशीहरुलाई राप्रपा सचिवालय प्रमुख ध्रुव प्रधानले स्वागत गरे । धार्मिक आस्था र परम्परागत मूल्यमा अडेको राप्रपा नै हालको विकल्प भएको दावी गरे ।

नवप्रवेशी उमेश प्रसाद साहले भने, ‘म वीपी कोइराला र गिरीजाप्रसाद कोइरालासँग काम गरेका व्यक्ति हुँ । राजनीतिक जीवनमा मैले जेलनेल व्यहोरेको छु । विगत जे भए पनि, वर्तमान परिवेशमा मैले र मेरा साथीहरुले सही राजनीतिक पार्टी रोजेका छौं । राजसंस्था र हिन्दुराष्ट्र नै समयको माग हो ।’

राप्रपा सप्तरी जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा महासमिति सदस्य तथा नेपाल एयरलाइन्सका पूर्वनिर्देशक र इन्जीनियर राजकुमार चौधरी, सुरेन्द्र्र कुमार साह, रामबहादुर साफी, मुकेश साफी, हरदेव सोनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफैत लाल खंग, छट्टुलाल खंग, हरीदेव मण्डल, शिवजी सदा, शंकर साह र लालु दास थिए ।

यसैगरी नेकपा परित्याग गरी राप्रपा प्रवेश गर्नेहरुमा एमालेसम्वद्ध शिक्षक संगठन जिल्ला सदस्य जया कुमारी महतो, काजल महतो, निलम देवी सदा र राजकुमार सदा छन् । नेकपा माओवादीबाट राप्रपामा आवद्ध हुनेहरुमा जाकिर रजक, अबदल गनी, सुशीला दास, निर्मला सहनी र चन्दु मिश्र थिए ।

राप्रपामा प्रवेश गर्ने स्वतन्त्रहरुमा शंकर साह, हरीदेव मण्डल, वालसुन्दर खंग, शत्रुघन प्रसाद गुप्ता, अरविन्द साह, रवी साह, गणेश सहनी, श्रीमति सावित्री देवी, हनुषा देवी साह, वैद्यनाथ यादव (वमवम यादव), कपिलेश्वर मण्डल तथा कुपीरामपूरा मण्डल लगायत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज एमालेको पालिकास्तरमा अधिवेशन, ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज  देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र

नेपालको स्वतन्त्रताकाबारेमा भारतले नभुलोस्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान

अन्य राजनीतिक दलसँगको छलफलपछि निर्वाचनको मिति तोक्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री