पार्टीको मूल प्रवाहमै फर्किन नेता कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको आह्वान



भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गरेका हुन् ।

उनले भने, “यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नु पर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरी पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्न्स् ।”

अध्यक्ष ओलीले आफूहरु सत्तापक्षमै रहेको दाबी गर्दै भने, “प्रदेश र स्थानीय तहमा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र स्थानीय तहमा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक

म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक

अहिलेको व्यवस्थालाई ठिक भन्ने मान्छे पो खराब हुन्ः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको