प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच पछिल्लो विकसित राजनीतिकाबारेमा कुराकानी भएको बताइएको छ ।

बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशबारे छलफल गरेको बताइएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले तीन नेताबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन् । देउवाले प्रधानमन्त्री भएको एक महिना बढी भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

अध्यादेश जारीबाट एमाले फुटेसँगै अब मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । उनीहरुबीच मन्त्रिपरिषद विस्तारबारे पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको

आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

  काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ

भू–माफियाले कब्जा गरेका जग्गा बाँड्ने कुरामा सत्यता छैनः मन्त्री अधिकारी

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि वितरण र