कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग



काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारीमा बिहीबार बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

“पार्टी महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता विवाद हो, यसलाई चाँडो टुङ्ग्याउनतर्फ लाग्नुपर्छ”, उनले भने ।  पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको र धेरै कार्यक्रममा जानुपर्ने भएका कारण पनि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन समस्या परेको उनको भनाइ थियो ।

बैठकमा महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न नेतृत्वलाई दवाव दिनेबारेसमेत छलफल भएको छ ।  नेतृत्वले निर्वाचन समितिलाई चाँडो निर्देशन दिएर महाधिवेशन सुनिश्चित गर्न लाग्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए ।

भेटमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाललगायतको सहभागिता  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा