प्रचण्ड-नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान दुई नेताबीच कोटेश्वरमा भेटवार्ता भएको हो ।

नेकपा एमालेको नेपाल पक्षलाई सरकारमा ल्याउने सन्दर्भमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग भेट गरेका हुन् । नेपालसँग भेट्न अध्यक्ष प्रचण्डले अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि सँगै लगेका थिए ।

भेटमा नेता नेपाललाई प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका बताइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच निर्णायक वार्ताको तयारी भइरहेका बेला प्रचण्डले भेटेर छलफल गरेका हुन् ।

नेता नेपालले ठोस निर्णय नदिँदा असार २९ गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि मन्त्रिपरिषदलाई पूर्ण दिन सकेका छैनन् । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेता नेपालसँग भेटवार्ताको तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन