सांसदहरुले ‘परमादेश’ शब्दलाई गालीगलौजको रुपमा प्रयोग गरेको भन्दै सांसद बिडारीको आपत्ति



काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले केही सांसदले ‘परमादेश’ शब्दको ठूलो बेइज्जत गरेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बिडारीले ‘परमादेश’ शब्द विश्वमै प्रचलित रहेको र यसका थुप्रै उदाहरण गरेको भएपनि सांसदहरुले यो शब्दलाई गाली गलौजको रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको तर्क गर्दै बिडारीले राष्ट्रपतिले संविधानको धारा र उपधारा नै किटेर गरेको नियुक्तिलाई के आधारमा परमादेशको सरकार भनिएको भन्दै प्रश्न गरे ।

उनले परमादेशबाटै राष्ट्रियसभाको बैठक चलिरहेको, परमादेशकै कारण प्रतिनिधिसभा ब्युँतिएको, संघीय संसद बनेको, परमादेशबाटै विश्वासको मतको विपक्षमा ८३ मत दिएको, परमादेशबाटै सांसदहरुले सुविधा पाइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ गते हुने भएको छ

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी

स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैनः अर्थमन्त्री शर्मा

बनेपा । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन

एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् ।