प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदारमध्येको एक घटक जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगिएकाले उपेन्द्र यादव पक्ष सरकारमा जाने तयारीमा छ ।

उपेन्द्र यादवसहित कांग्रेस र माओवादी केन्द्रलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेको सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमाले आगामी चुनावसम्म सत्तामा रहे हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का

काम छैन, तर हामी काम गर्न चाहन्छौंः जिसस प्रमुख

काठमाडौँ। जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरूले आफूहरूले गर्ने काम नभएको गुनासो व्यक्त गरेका

अब बिगतमा जस्तो पढ्न पाएर मात्र हुँदैनः शिक्षामन्त्री भट्टराई

गोरखा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न

‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई